रोचक प्रसंग : शरीरको कुन अंग फरफराउँदा के हुन्छ ?


काठमाडौं,  कहिलेकहीँ हाम्रा शरीरका विभिन्न अंगहरु फरफराइरहेका हुन्छन्। हामी आमाबुबा, हजुरआमा, हजुरबुबाले सुनाए अनुसार कुनै अंग फरफराएमा के हुन्छ भन्ने अनुमान गर्छौं। कतिपय अवस्थामा अशुभ हुने र कहिले शुभ संकेत भएको मान्छौँ। तर वास्तविकता के हो भन्ने कुरा हामीले बुझिरहेका छैनौँ। कतिपयले अंग फरफराउँदा लगाइने अनुमानलाई अन्धविश्वास समेत भन्ने गरेका छन्।

ज्योतिष विज्ञानका अनुसार पुरुषको शरीरको कुनै बायाँ भाग फरफरायो भने उसले केही दुखद् घटना झेल्नु पर्ने हुन सक्छ। यदि पुरुषकै कुनै दायाँ भाग फरफरायो भने उसलाई चाँडै नै खुशीको खबर प्राप्त हुन सक्छ। तर यही गतिविधि महिलाका लागि भने ठिक उल्टो हुन्छ। महिलाको दायाँ भाग फरफराउदा दुखद् र बायाँ भाग फरफराउदा सुखद् मानिन्छ।

कुन अंग फरफराउँदा के हुन्छ यहाँ उल्लेख गरिएको छं :

–यदि कुनै व्यक्तिको टाउकोको कुनै भाग फरफरायो भने उसलाई भौतिक सुख मिल्न सक्छ।

–कानको पछाडिपट्टीको भाग फरफराएमा धन प्राप्त हुन्छ।

–तालु फरफरायो भने भू–लाभ मिल्छ।

–निधार फरफरायो भने सन्तान लाभ मिल्छ।

–आँखा फरफराउनु धन लाभ हुने संकेत हो।

–दायाँ आँखा फरफरायो भने आफ्नो इच्छा पूरा हुनेवाला छ भन्ने बुझ्न सकिन्छ।

–बायाँ आँखा फरफराउनु राम्रो खबर सुन्न पाउने संकेत हो।

–दायाँ आँखा लामो समय अर्थात केही दिनसम्म नै फरफराउनु लामो बिरामी हुने संकेत हो।

–काँध फरफरायो भने मोजमस्तीमा वृद्धि हुन सक्छ।

–दुबै आँखी भौँको बीच भाग फरफराउनु सुखको लक्षण हुन्छ।

–आँखाको कुनाको भाग फरफराउनु आर्थिक उन्नति हुने संकेत हो।

–आँखा नजिकको भाग फरफराएमा प्रिय मानिससँग भेट हुन सक्छ।

–ओठ फरफरायो भने जिवनमा नयाँ साथी आउने संकेत हो।

–हात फरफराउनु राम्रो काम गरेबापत धन प्राप्त हुने संकेत हो।

–छाति फरफराउनु विजयको संकेत हो।

–मुटु फरफराएमा इष्ट सिद्धी प्राप्त हुन्छ।

–घाँटीको फरफराएमा समृद्धि प्राप्त हुन्छ।

–मुख त्यसै फरफराए साथीसँग भेट हुन्छ।

(विभिन्न एजेन्सीको सहयोगमा प्रस्तुत गरिएको यो सामग्री जानकारीका लागि मात्र हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *