दिल्लीमा प्रधानमन्त्री बालेन शाहलाई गार्ड अफ अनर प्रदान


दिल्ली, भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा गार्ड अफ अनर प्रदान गरिएको छ।

राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेपछि भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई औपचारिक सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो।

प्रधानमन्त्री शाह आजै बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ।

बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त सञ्चारमाध्यम सम्बोधनको कार्यक्रम तय गरिएको छ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *