काठमाण्डौ:- काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ।
२०८२ भाद्र १० गते जिल्ला काठमाडौ काठमाण्डौं महानगरपालिका वडा नं.१५ अन्नपूर्णचोक स्थित प्रदीप पाण्डेले भाडामा लिएको घरको भुई तलाको गोदाममा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ९ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट नगद रू.२,२१,१४५-(दुई लाख एक्काईस हजार एक सय पैतालीस) र जुवा खेल्न प्रयोग भएको तास १० (दश) बुक बरामद गरिएको छ।
पक्राउ परेका माथि जुवा सम्बन्धी कसुर” मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटले जानकारी दिए।

