सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन
काठमाडौं ,राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । आजै सिंहदरवार पुगेर कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । आजै कार्कीले पहिलो निर्णयको रुपमा मौजुदा संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति पौडेल समक्ष गरेपछि राष्ट्रपतिले संसद विघटन गर्नेछन् । जेनजी आन्दोलनकारीहरुको