जाडो महिनामा के-के खाने र कसरी बच्ने ?


धनगढी, बढ्दो जाडोसँगै शीतलहर र हिमपातले केही समययता जनजीवन प्रभावित बनिरहेको छ । जाडो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन् । यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत जाडोले चाँडै थप समस्या बढाउने जोखिम पनि छ । कोभिड संक्रमणको अर्को लहरको जोखिम बढेको र मौसमका कारणसमेत स्वास्थ्यमा समस्या देखिन थालेकाले विशेष ध्यान दिन आवश्यक छ ।

जाडोले विशेषगरी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्या पार्ने गर्छ । यसबाहेक दम, बाथ र अन्य दीर्घरोगीलाई पनि चिसो घातक हुन्छ । उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीमा मांसपेशीको दुखाइ र अत्यधिक कमजोरीपन देखिएको छ ।

जाडोबाट बच्न । ऊनीका बाक्लो ज्याकेट लगाउनु राम्रो हुन्छ । गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ । त्यस्तै जाडोबाट बच्न तल उल्लिखित कुराहरु खानुपर्छ ।

तिल : तिल हाम्रो भन्सामा सहजै पाइने खानेकुरा हो । जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्छ ।

दालचिनी : दालचिनी हामीले सधैँ प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाइदा हुन्छ । अझ जाडो महिनामा तातो दूधमा सखर र दालचिनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिँदैन ।

लसुन : लसुनमा प्रशस्त मात्रामा एन्टिबेक्टेरियल र एन्टिभाइरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भएकोकोलेस्ट्रोल पनि घटँँउछ । लसुनको नियमित सेवनले गर्दा टाउकोमा हुने समस्या पनि कम गर्छ ।

बदाम : जाडो महिनामा नियमित बदाम खानाले शरीर न्यानो हुन्छ । यसले श्वास–प्रश्वासमा हुने समस्याबाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने हुँदा मोटोपन घटाउन पनि मद्दत गर्दछ ।

अदुवा : अदुवामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट्स पाइन्छ, जसले चिसो आयाममा स्वस्थ रहन सहयोग गर्दछ । यसका साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनुका साथै एसिडिटी र मेटाबोलिजमबाट हुने सबै खालका समस्या हटाउन मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *