अरुण सेक्युरिटिजले सुरु गर्यो अत्याधुनिक टीएमएस, अब मोबाइलबाटै मार्जिन कारोबार
काठमाडौँ । धितोपत्र बजारमा ब्रोकर नम्बर ३ का रूपमा परिचित अरुण सेक्युरिटिजले डीजीहबद्वारा निर्माण गरिएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ सञ्चालनमा ल्याएको छ। यो प्रणालीबाट अब लगानीकर्ताले मोबाइल, वेब र डेस्कटप संस्करणमार्फत सजिलै सेयर कारोबार गर्न सक्नेछन्। नयाँ टीएमसीएसमा सेयर बिक्री गरेलगत्तै सो बराबरको रकमले पुनः सेयर खरिद गर्न मिल्ने, तथा रियल टाइममा आफ्नो लेजर ब्यालेन्स र कोल्याटरल विवरण हेर्न मिल्ने व्यवस्था गरिएको छ। लगानीकर्ताले एउटै लगइन प्रयोग गरी