‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’
महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गर्नुभएको छ । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।” चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा