ग्रामीण भेगमा बिजुली विस्तार
दमौली । तनहुँको घिरिङ गाउँपालिका–२ को ग्रामीण भेग काठेकोटमा बिजुली विस्तार गरिएको छ । हालसम्म विद्युत् सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बिजुली विस्तार भएको हो । हालसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका स्थानीयवासी घरमै बत्ती आएपछि खुशी भएका छन् । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले काठेकोटका ४२ घरमा बत्ती बालिएको जानकारी दिनुभयो । “घिरिङलाई उज्ज्यालो बनाउने अभियानअन्तर्गत विभिन्न ठाउँमा विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ”, उहाँले