अर्थतन्त्र

कोरोनाका कारण सवा २ खर्ब व्यापार घाटा कम

काठमाडाैँ । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को व्यापार तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो । बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘बे्रक’ लगाइदिएको हो । विभागका अनुसार आव २०७५-७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको

शनिबार पनि बैंकहरू खुलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पुर्णकालिन रूपमा खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदाका दिन समेत शाखा कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताए । उनका अनुसार

कोरोना बीमा गरेका दुई जनामा कोरोना पुष्टि, दावी भुक्तानी प्रक्रिया सुरु

काठमाडौँ । कोरोना बीमा गरेका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका काठमाडौं बाहिरको शाखामा कार्यरत कर्मचारी र आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका एकजना चिकित्सकमा कोरोना पुष्टि भएको हो । आईएमई जनरल इन्स्योरेन्समार्फत बीमा गरेका बुटवलस्थित एक सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार दाबी भुक्तानीको लागि कम्पनीमा प्रक्रिया अघि बढाइसकिएको छ । बीमक संघले भने नेको