स्वास्थ्य

जंगली च्याउ खाँदा ४ जना बिरामी

काठमाडौँ । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ । आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । ‘आज विहान खबर

कोरोनाका कारण विश्वभरि आठ लाख जनाको मृत्यु

काठमाडौँ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४,

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरलेका अनुसार उनीहरुको ट्राभलिङ हिस्ट्री छैन ।

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन्

धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

काठमाडाैँ । धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा ंसिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना

'बेसारको मजाक उडाउनुभन्दा यसको महत्त्व बुझौँ'

काठमाडौँ । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

कोरोना भाइरस कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्‍यो। कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍यो। ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच,

‘कोरोनाजन्य मृत्युदर घटाउन सावधानीका यी उपायहरू अपनाउनुहोस्’– जनस्वास्थ्यविद्

नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड– १९) का संक्रमित थपिइरहेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थित हुन नसकेको र सरकारले संक्रमित तथा सम्भावित संक्रमितलाई उचित व्यवस्थापन गर्न नसकेकोमा सबैले आलोचना गरिरहेका छन् । यसैबीच कोरोना भाइरसबाट बच्न तथा आत्मविश्वास बढाउन नियमित रचनात्मक सुझाव दिइरहेका जनस्वास्थ्यविद रविन्द्र पाण्डेले क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्न तथा कोरोनाजन्य मृत्युदर घटाउन ध्यान दिनैपर्ने १३ सावधानीका उपाय बताएका छन् । उनले क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा

'बिहान ढिलोसम्म सुत्ने मान्छेको दिमाग दुई गुना बढी चल्छ' - अध्ययन

काठमाडौँ । अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पुर्याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घण्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा

न्युजिल्याण्ड छोटो समयमै कोरोनामुक्त हुनुका पाँच कारणहरू

चार चरणको ७५ दिन लामो लकडाउन सकाउँदा न्युजिल्यान्डमा कोरोना सकिएको छ । न्युजिल्याण्डले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको नियन्त्रण सम्भव छ भन्ने सन्देश पनि दिएको छ । औषधी बनिनसकेको कोरोनाभाइरस नियन्त्रण गर्न सरकार चलाउनेले सनक र हचुवाका आधारमा होइन निकै सुझबुझ ढंगले कदम चाल्नु पर्छ भन्ने पाठ पनि न्युजिल्याण्डले विश्वलाई दिएको छ । न्युजिल्याण्डले ७५ दिनमै कोरोनाभाइरसलाई पूर्ण नियन्त्रणमा लिन सक्नुका मुख्य कारणहरू निम्न छन् । १.  तत्काल कडा लकडाउन