समाज/अपराध

युवा नेता भण्डारीद्धारा गोकुलेश्वरमा मास्क र सेनिटाइजर वितरण

दार्चुला । नेकपा माओवादी केन्द्र दार्चुलाका युवा नेता भुवन भण्डारीले गोकुलेश्वरका विभिन्न स्थानमा राहतस्वरुप स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ मा रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर, गोकुलेश्वर अस्पताल, बादी समुदाय र सञ्चारकर्मीहरुलाई मास्क र सेनिटाइजर वितरण गर्नुभएको हो । युवा व्यवसायी समेत रहनुभएका उहाँले गोकुलेश्वर अस्पताललाई तीन हजार पिस मास्क र दुई लिटर सेनिटाइजर वितरण गर्नुभएको हो । यस्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरका साथै बादी

काग्रेस नेत्री आरजु देउवाले दिइन् अक्सिजन प्लान्ट खरिदका लागि १० लाख रुपैयाँ

धनगढी । नेपाली कांग्रेसकी नेतृ डा। आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव

कैलालीमा एकैदिन थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

धनगढी । कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये कैलालीका मात्र चार सय ३३ जना रहेको श्रेष्ठले बताए । धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न

धनगढी को पशुपन्छी अन्वेशण प्रयोगशाला बाट पनि कोरोना परीक्षण गरिने

धनगढी । कोरोना परीक्षण अब धनगढीको पशुपन्छी अन्वेशण प्रयोगशालाबाट पनि हुने भएको छ। संघीय सरकारले पठाएको आरटीपीसीआर मशिनबाट पनि कोरोना परीक्षण गरिने अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रप्रसाद बोहराले जानकारी दिए । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म अन्वेषण प्रयोगशालामा परीक्षण हुने उनले बताए। सेती प्रादेशिक अस्पतालको अनुरोध बमोजिम कोरोना परीक्षण गरिन लागेको बताइएको छ। उक्त आरटीपीसीआर मेसिनबाट

कैलालीबाट कोरोना संक्रमित महिलालाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

धनगढी । कैलालीबाट कोरोना संक्रमित एक महिला लाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । जिल्लाको घोडाघोडी अस्पतालमा उपचार सम्भब नभएपछि उनलाई आज थप उपचारका लागि काठमाडौँ लगिएको हो । घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

कैलालीमा जेठ ६ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा, थप कडा गर्न डीसीसीएमसी को निर्णय

धनगढी- कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो। सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो। विश्वव्यापी महामारीको रुपमा

जसपा नेतृद्वारा मुद्दा दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराउनु भएको छ । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालिका­१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएको जानकारी दिनुभयो । सर्लाहीको विष्णु गाउँपालिका­४ निवासी उपाध्यक्ष

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

कैलाली र कञ्चनपुरमा वैशाख १६ देखि लकडाउन गर्ने निर्णय !

धनगढी । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो

यस्तो छ होटल तथा रेष्टुरेन्ट संचालनका लागी मन्त्रिपरिषदले आज गरेको निर्णय

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।