विशेष

क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

कास्की । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारभएकालाई जिम्मेवार बनाउने भएको छ । समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताउनुभयो । “प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका

अनुदानमा हिउँदे तरकारीको बीउ

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न नौ जातका हिउँदे तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला ९मिनुअर्ली र चालिसे०, सिमी, पालुङ्गो, धनियाँ, काउली, बन्दा र केराउको बीउ अनुदानमा उपलब्ध

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं

अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’

काठमाडौँ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा

बन्धक बनाइएका चेलीको उद्धार

परासी । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो । चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई

बेनी नगरपालिकाको भवन निर्माण शुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण शुरु भएको छ । नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण शुरु गरिएको हो । हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण शुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले रु ४८ लाख ४९ हजार ४२ मा ठेक्का सम्झौता गरेको छ । गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन

मल नपाउँदा किसान चिन्तित

विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका

पाँच अन्तरराष्ट्रिय उडानः फर्किए ३४८ नेपाली

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज केही बेरअघि मात्र काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो ।

कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र

नेपालगञ्ज । कोरोना महामारीको प्रभाव बाँकेको वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगन्जमा तीन वटा खेल्दै सिक्ने केन्द्रका बालबालिका र किशोरकिशोरीहरुमा समेत परेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना तयसमेत भइसकेको अवस्थामा कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनले अप्ठेरोमा पारेको छ । नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजना

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले