फिचर समाचार

लामो दूरीका सार्वजनिक यातायात खुल्ला, यसरी हुँदैछ व्यवस्थापन?

काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् । केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला

आईपीएल: युएई पुगेका सन्दिपलाई लाग्यो धक्का

१३ औं संस्करणको आईपीएलमा सहभागी हुन नेपाली स्पिनर सन्दिप लामिछाने सोमबार मध्यरातमा युएई पुगेका छन्। आइतबार पुग्नुपर्ने भएता पनि सन्दिपको फ्लाइट छुटेका कारण उनि ढिला युएई पुगेका हुन्। करेबियन प्रिमियर लिग टि(२० मा सहभागिता जनाएपछि सन्दिप सेप्टेम्बर ११ मा युएई प्रस्थान गरेका थिए। सन्दिप युएई पुगेपछि उनको टिम दिल्ली क्यापिटल्सले खुसि व्यक्त गर्दै सामाजिक संजालमा “देखो, वोह आ गया” अर्थात् “हेर्नुस्, उनि आइपुगे” भन्दै उनलाई स्वागत गर्दै माया गर्न पनि

‘विद्युत प्राधिकरणमा कुलमान नभए जनताले जिन्दगीभरी चित्त दुखाउने छन्’ – मदनकृष्ण श्रेष्ठ (पढ्नुहोस्)

काठमाडौं । ‘मह’ का ‘म’ वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति गर्नु पर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार लेख्दै अभिनेता श्रेष्ठले कुलमानलाई हटाइए ७७ जिल्लाका जनताले जिन्दगी भरी चित्त दुखाउने धारणा राखेका हुन् । एउटा जिल्लाको जनमत प्राप्त गरेपछि कुनैपनि व्यक्ति सांसद बनेर सिंगै मन्त्रालयको नेतृत्व गर्न योग्य हुने लोकतान्त्रिक अभ्यासलाई सम्झाउदै श्रेष्ठले लेखेका छन, ‘जनताको मतलाई आयोग्य ठानेर बेवास्ता

आजबाट काठमाडौं उपत्यकामा सबै पसल खोल्न पाइने, हेर्नुहोस विज्ञप्ती

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ । तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ । असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक

निजी वायुसेवा सञ्चालक संघले आन्तरिक उडान सञ्चालन नगर्ने

काठमाडौँ । निजी वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान सञ्चालन नगर्ने बताएको छ । कोरोना भाइरसको कारण लामोसमयसदेखि बन्द गरिएको आन्तरिक उडान सहित लामो दुरीका सार्वजनिक यातायात सरकारले असोज १ गतेदेखि निर्णय गरेको थियो । संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ । वायुसेवा संचालक संघ नेपालका प्रथम उपाध्यक्ष अनोज रिमालले आज

विद्यालय शिक्षाबारे शिक्षामन्त्रीलाई गगन थापाको यस्तो सुझाव (पूर्णपाठसहित)

काठमाडाैँ । स्थानीय सरकारसँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालयहरू स्वास्थ्य सतर्कताका साथ सञ्चालन गर्न नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई सुझाव दिएका छन्। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलसँग भेटी शैक्षिक संकटसँग जुध्न शिक्षा मन्त्रालयले ल्याएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा अझ थप गर्नुपर्ने केही सुझाव दिएको नेता थापाले ट्वीटमार्फत् जानकारी दिए। उनले स्थानीय सरकारसँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालयहरू स्वास्थ्य सतर्कताका साथ सञ्चालन गर्न, वैकल्पिक सिकाइको प्रणालीलाई

नझुक्किनुस्, काठमाडौँमा जोरबिजोर कायमै छ

काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्। काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ, प्रशासनले

सेती अञ्चल अस्पतालमा प्लाज्मा थेरापी गराएकी कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या

यसरी हुने भयो कक्षा १२ को परीक्षा.....

काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित

अहिलेसम्मकै धेरै १५३९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । मंगलबार मात्रै देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन एकैदिन