देशभरि कहाँ कति थपिए कोरोना संक्रमित ?
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज देशभरि अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना रहेका छन् । त्यस्तै मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका










