फिचर समाचार

धनगढीको संगम सहकारी संस्थाले मेयर कल्याणकारी कोषलाई गर्यो ७५ हजार सहयोग

धनगढी: धनगढी उप महानगरपालिका र चौधरी फाउण्डेसनको साझेदारिमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढी स्थित संगम सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष नरेश बिष्ट र प्रबन्धक मनमोहन बिष्टले संयुक्त रुपमा उप महानगरपालिकाका मेयर नृप बहादूर वडलाई संस्थाका तर्फबाट ७५ हजार को चेक उपलब्ध गरेका हुन् । कोभिड १९ को महामारीले सबैलाई संकट परेका बेला धनगढी उप महानगरपालिकाले अक्सिजन अभावमा

महाकाली नदीमा फसेका १० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापुमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्री दल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापुमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग ९६ लेनको सडक०

कोरोनाबाट थप १७७ जनाको मृत्यु, ८६०७ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ। त्यस्तै सोही अवधिमा ८६०७ जना संक्रमित थपिएका छन् भने ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

नेपाल लाइफका पूर्व सिईओ विवेक झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई रिक्त संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । सञ्चालक झाले उक्त कम्पनीलाई जीवन बीमा सम्बन्धी सही नीतिमार्फत मार्ग निर्देश गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

भाउजु हत्याको आरोपमा देवर पक्राउ

विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक

यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको

डाक्टर गोबिन्द केसी: यमनका विकट गाउँमाके गर्दै छन?

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्। ‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको

आइसोलेसनमा बस्ने ठाउँ नभएपछि रुखको टुप्पोलाई कोभिड वार्ड

काठमाडौँ, भारतको तेलांगना प्रान्तको नालागोन्डा जिल्लामा होम आइसोलसनमा बस्ने ठाउँ अभाव भएपछि नयाँ बहस सिर्जना भएको छ। त्यहाँको सयौं परिवार एउटै कोठामा आइसोलेसन बस्न बाध्य छन्। चार भित्ता रहेको एउटै कोठमा भान्छा र कतै शौचालयसमेत हुन्छन्। यस्तो बाध्यताबीच कोरोना संक्रमित बिरामीले आफूलाई छुट्टै बस्न ठाउँ नै पाइरहेका छैनन्। यही समस्याबीच नालागोन्डाका कोरोना संक्रमित एक विद्यार्थीले भने गज्जबको ‘आइडिया’ फुराएका छन्। होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भएपछि १८ वर्षीय शिव नामका

भारतले बनायो कोरोनाको औषधि : कसरी प्रयोग गर्ने ?

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी सार्वजनिक गरे । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (2-deoxy-D-glucose) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो । पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ । कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई