विश्व वित्तिय सप्ताह अन्तरगत प्रभु क्यापिटलले सम्पन्न गर्यो नेपालमै पहिलो पटक Inter-College Financial Quiz Competition-2022
काठमाडौ ।प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक Inter-College Financial Quiz Competition-2022 कार्यक्रम आयोजना सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक श्री डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक श्री मुक्तिनाथ सापकोटा ज्यू तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता









