प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउँदै पत्रकार पक्राउको विरोधमा उत्रिए कांग्रेस महामन्त्री पौडेल
काठमाडौं , समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गराउने कार्यप्रति नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आपत्ति जनाएका छन्। पौडेलले पत्रकारमाथि भइरहेको पक्राउ तथा सञ्चारगृहमा गरिएको हस्तक्षेपले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मर्ममाथि प्रश्न खडा गरेको बताएका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिको कामकारबाही, न्यायिक प्रक्रिया र राज्यशक्तिको प्रयोगबारे नागरिकलाई जानकारी गराउनु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी भएको उनको धारणा छ। पत्रकारले उठाएका प्रश्न वा प्रकाशित समाचारप्रति कसैको असहमति










