अर्थतन्त्र

लामो दूरीका सार्वजनिक यातायात खुल्ला, यसरी हुँदैछ व्यवस्थापन?

काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् । केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला

निजी वायुसेवा सञ्चालक संघले आन्तरिक उडान सञ्चालन नगर्ने

काठमाडौँ । निजी वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान सञ्चालन नगर्ने बताएको छ । कोरोना भाइरसको कारण लामोसमयसदेखि बन्द गरिएको आन्तरिक उडान सहित लामो दुरीका सार्वजनिक यातायात सरकारले असोज १ गतेदेखि निर्णय गरेको थियो । संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ । वायुसेवा संचालक संघ नेपालका प्रथम उपाध्यक्ष अनोज रिमालले आज

नझुक्किनुस्, काठमाडौँमा जोरबिजोर कायमै छ

काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्। काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ, प्रशासनले

सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी सेवा विस्तार

महेन्द्रनगर । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन

तीन कम्पनीले आइपिओ निष्काशन हुदै, कसको कति ?

३० भदौ, काठमाडौँ । सर्वसाधारणकका लागि प्राथामिक शेयर ९आइपिओ ० निष्काशन गर्नका लागी ३ वटा लघुवित्त कम्पनी थपिने भएका छन् । थपिने लघुवित्तहरूमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ )निष्कासन गर्न लागेको हो ।

प्याजमा कालोबजारी: भाउ बढेपछि प्याज बोकेर आएका ट्रक नै हराए

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएकै भोलिपल्ट नेपाली बजारमा प्रतिकेजी प्याजको मूल्य अघिल्लो दिनभन्दा थोकमै ४० रुपियाँसम्म बढेको छ । खुद्रा बजारमा त प्याजको अभाव नै हुन थालेको छ । खुद्रा व्यापारीले सोमबार प्रतिकेजी ६५ रुपियाँमा बिक्री गरेको प्याज मङ्गलबार १२० देखि १५० रुपियाँसम्म बिक्री गरेका छन् । भित्रिन छाडे गाडी सोमबार मात्रै

छानो फेर्न एक अर्ब ३६ करोड

सुरुङ्गा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने

लामो दूरीका यातायात चलाउन यी नियम मान्नै पर्ने

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएको सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । सोमवार बसको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै छोटो तथा लामो दुरीको यातायात र आन्तरिक हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा असोज १ गते देखि संचालन हुने बस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने परराष्ट्रमन्त्री

जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो ?

काठमाडौँ । नेपाली जीवन बीमा क्षेत्रमा सर्वाधिक चर्चा हुने अथवा सुनिने शब्द हो ‘एक्चुरी’ । एक्चुरीले मुख्यतया जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्दछन् । यसरी, समयमा जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन ९एक्चुरियल भ्यालुएसन० विगतका धेरै वर्षदेखि हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन । यो जीवन बीमा कम्पनीको एक्चुरियल भ्यालुएसन रिपोर्ट बीमा समितिले नै अस्वीकृत गर्यो वा पुनः

भारतले निर्यात राेकेपछि नेपालमा बढ्याे प्याजकाे मूल्य

काठमाडौं । मंगलबार प्याजको मूल्य ह्वात्तै बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमा प्रतिकेजी २५ रुपैयाँले बढेको हो। सोमबार थोक बजारमा प्रतिकेजी औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी २५ रुपैयाँले बढेको छ। मंगलबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी २५ रुपैयाँले बढेर औसतमा ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ केहीदिनदेखि निरन्तर रुपमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको प्याजको मूल्य मंगलबार एक्कासी २५ रुपैयाँले बढेको हो।