अर्थतन्त्र

सन नेपाल लाइफको नवौँ वार्षिकोत्सव : सुदूरपश्चिममा १०० बढी बीमा जागरण कार्यक्रमदेखि रक्तदानसम्म

धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न बीमा जागरण, सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेशअन्तर्गतका १६ वटा कार्यालयले प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन गरेका छन्। कम्पनीका अनुसार वार्षिकोत्सवको अवसर पारेर सुदूरपश्चिमका १६ वटा कार्यालयबाट करिब १०० वटा बीमा जागरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, होटलका कर्मचारी, सहकारी तथा

सन नेपाल लाइफद्वारा सुदूरपश्चिमका ७३ एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्स सम्मानित

धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान गरेको छ। धनगढीस्थित पौवा होटलमा आयोजित विशेष सम्मान तथा उत्प्रेरणात्मक कार्यक्रममा ७३ जना एडीएम तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको हो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशिष्ट आतिथ्यता

अनुसन्धानमा कैफियत नदेखिएपछि सन नेपाल लाइफका सिइओ अर्याल नियमित काममा फर्किए

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल अनुसन्धानका क्रममा कुनै कैफियत नदेखिएपछि शुक्रबारदेखि पुनः नियमित जिम्मेवारीमा फर्किएका छन्। गत चैत १६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले कर्मचारीको आईपीओ कोटाअन्तर्गत बाँडफाँड गरिएको सेयरमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अर्यालमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा कुनै कैफियत नदेखिएपछि सिआईबीले उनलाई सफाइ दिएको कम्पनीले जनाएको छ। अर्याललाई चैत २२ गते नै रिहा

सूर्यज्योति लाइफको ऐतिहासिक सफलता: शतप्रतिशत लक्ष्य हासिल, प्रथम बीमा शुल्क रु ४अर्ब माथि

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक लक्ष्य शतप्रतिशत हासिल गर्दै प्रथम बीमा शुल्क (First Premium) संकलनमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले एउटै आर्थिक वर्षभित्र पहिलो पटक नयाँ बीमालेख बिक्रीबाट रु. ४ अर्ब ६१ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ। यो उपलब्धिसँगै कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा समीक्षा

धितोपत्र बोर्डको अध्यक्षमा धनगढीका भट्ट नियुक्त

काठमाडौं ,नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा धनगढी हसनपुरका डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त रहेको थियो। सोही रिक्त पदमा सरकारले भट्टलाई नियुक्त गरेको हो। श्रेष्ठ २०८१ मंसिर १० गतेदेखि चार वर्षे कार्यकालका लागि सेबोनको अध्यक्ष बनेका थिए। तर कार्यकाल पूरा हुनुअघि नै उनले पद छाडेपछि

पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला

पाेखरा ,पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणमा भएका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवकोआयोजना

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं ,सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र नयाँ अध्यक्ष नियुक्तीका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले ओझालाई पूर्ववत रुपमा अध्यक्षको हैसियतमा काम गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएकी हुन्

सन नेपाल लाइफले आर्थिक वर्ष २०८०।८१ काे लाभांश वितरण नगर्ने

काठमाडौं ,सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।

नेप्से एआई’ एप डाउनलोड गर्ने बित्तिकै २८ लाख चाेरी!

नेप्से एआई नामक एप डाउनलोड गर्ने बित्तिकै एक व्यक्तिको खातामा रहेको २८ लाखभन्दा बढी रकम गाईभ भएको खुलेको छ। मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सामाजिक सञ्जालमा आएका विज्ञापनकै आधार एप डाउनलोड गर्दा बैंक खाताबाट रकम नै गायब भएको भन्दै विज्ञप्ति जारी गरेको छ। एसपी युवराज खड्काका अनुसार एक व्यक्तिले नेप्से एआईबारे फेसबुकमा विज्ञापन देखेका थिए। त्यस नेप्से एआई एपले सेयर बजारको विश्लेषण गर्न बनाइएको भनेर प्रचार गरिएको थियो। ती

अरुण सेक्युरिटिजले सुरु गर्‍यो अत्याधुनिक टीएमएस, अब मोबाइलबाटै मार्जिन कारोबार

काठमाडौँ । धितोपत्र बजारमा ब्रोकर नम्बर ३ का रूपमा परिचित अरुण सेक्युरिटिजले डीजीहबद्वारा निर्माण गरिएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ सञ्चालनमा ल्याएको छ। यो प्रणालीबाट अब लगानीकर्ताले मोबाइल, वेब र डेस्कटप संस्करणमार्फत सजिलै सेयर कारोबार गर्न सक्नेछन्। नयाँ टीएमसीएसमा सेयर बिक्री गरेलगत्तै सो बराबरको रकमले पुनः सेयर खरिद गर्न मिल्ने, तथा रियल टाइममा आफ्नो लेजर ब्यालेन्स र कोल्याटरल विवरण हेर्न मिल्ने व्यवस्था गरिएको छ। लगानीकर्ताले एउटै लगइन प्रयोग गरी