स्वास्थ्य

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । आइतबार सङ्क्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार

प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४।३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको

सैनिकद्वारा आत्महत्या

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ ।

एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु

स्याङ्जा । वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट

सुनकोशीमा पहिराले पुरियो चार घर

सिन्धुपाल्चोक । आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिराले चार घर पुरेको छ । पहिराले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिराले पुरेको छ । पहिराले घरमा रहेको अन्नपात पुरेको तथा हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीयवासी रेशम बोहोराले जानकारी दिनुभयो । केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरामा

पाँचथर अस्पतालमा आइसियु र भेन्टिलेटर जडानका लागि दुई करोड बजेट

पाँचथर । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो । पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र

राप्ती प्रादेशिक अस्पताल बन्द

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ । योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान

दुर्घटनामा प्रहरी हबलदारको मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा

प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना