स्थानीय तह

ग्रामीण सडकमा कालोपत्रे

तनहुँ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हँुदै पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ । सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो । विसं

अपहरण गरी फिरौती माग्ने पक्राउ

बनेपा । मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल नगरपालिका वडा नं। १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं। ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं। ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८

धनगढीमा थुनामा युवकको मृत्यु प्रकरण: एसपी नेतृत्वको समितिले छानबिन गर्ने

धनगढी ।धनगढी प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । घटना छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार समितिमा २ जना प्रहरी निरीक्षकहरू

घट्टेखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ । चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो ९जेभी० जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो

चट्याङ लागेर मृत्यु

बलेवा । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङके उनको घरमा

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा । पोखरमा (कोभिड १९)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड १९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो । पोखरा १० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक ड. अर्जुन आचार्यले बताउनु भयको छ । स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुग्लिन । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो । गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो । बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम

बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो । किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को

जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिँदै

जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् । सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशयमा स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना ९खरी० चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । आजकै दिन सधवाले कोदो ९मरूवा० रोटी र माछा खाने गर्दछन्, जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी ९कोसा

समुदाय स्तरमै पुग्यो कोरना दार्चुलाका दुई जनामा कोरोना पुष्टि

दार्चुला । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।दार्चुलाको महाकाली नगरपालीका का एक जना र ब्यास गाउँपालीका एक जना मा कोरना पुस्टी भउको हो । दार्चुलामा हालसम्म कोरोना स‌ंक्रमितको संख्या ५६ जना पुगेको छ पछिल्लो २४ घण्टामा १ सय २७ जनाको परीक्षण गरिएकोमा दार्चुलाका दुई र बझाङका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । गत भदौ २०गते स्याव‌