शिक्षा

इजाकी सोराइ 

  पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा। मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा। निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा। म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा। मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन ९अवसाद० जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक

‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गर्नुभएको छ । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।” चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा

जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

बागलुङ । माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । बाल कक्षा पनि चलेको छ । विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ । स्थायी र राहत दरबन्दीमा एक÷एक शिक्षक छन् । दुई शिक्षक

बिम्स्टेकको बडापत्रको मस्यौदा तयार

काठमाडौँ । :दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय सङ्गठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक श्रीलङ्काले अप्रत्यक्ष रुपमा आज आयोजना गरेको सङ्गठनका वरिष्ठ अधिकारीहरुको बैठकले बडापत्रलाई अन्तिम रुप दिनाका साथै भावी महासचिवको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै बैठकले सङ्गठनका केन्द्रहरुका सम्बन्धमा पनि निर्णय गरेको छ । बैठकमा सङ्गठनको सत्रौँ मन्त्रिस्तरीय बैठक आगामी वर्ष

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उहाँले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी

प्राविधिक तालीम खारेजको निर्णय दुःखद् : नेविसङ्घ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइई स्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताउनुभएको हो । “प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्क्रम तयार गरिएको बताउनुभयो । “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई

यो वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने

काठमाडौँ । यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो । विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद