राजनीति

रुपन्देही ३ को उपनिर्वाचनका लागि रास्वपाले माग्यो उम्मेदवारको दरखास्त

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीका जिल्ला सभापति मधु अर्यालले सोमबारदेखि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरिएको जानकारी दिए। उनका अनुसार दरखास्त साउन ७ गते बिहान १० बजेदेखि साउन २१ गते बेलुका ५ बजेसम्म अनलाइन माध्यमबाट दिन सकिनेछ। दरखास्त दिनका लागि रास्वपाको मोबाइल एप डाउनलोड गरी सोही एपबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको

रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ । स्वयंलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले आयोगमा बिहीबार दर्ता गराएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारको वैधानिक अधिकार र पहिचानमा असर पुर्‍याएको उल्लेख गरिएको छ । सफलले दलसँग आफ्नै विचार, सिद्धान्त र नीति हुने भएकाले कुनै पनि दल स्वतन्त्र हुन नसक्ने उल्लेख गरेका छन्

वाइसिएलको केन्द्रीय उप-महासचिवमा दार्चुलाका  बिष्ट चयन

दार्चुला । नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को केन्द्रीय उप-महासचिवमा दार्चुलाका नरबहादुर बिष्ट चयन हुनुभएको छ । शुक्रवार (हिजो)  सम्पन्न वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट बिष्ट उप-महासचिवमा र्निविरोध चयन भएका हुन् । त्यस्तै वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन् भने अध्यक्षकै दाबेदार रहेका कालिकोटका गणेश शाही  महासचिवमा चयन भएका छन् ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले

टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाले थाल्यो महाअभियान, देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न अनुराेध

दार्चुला,नेपाल सरकारले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय सरकारबाट आर्थिक योगदान जुटाउने महाअभियान थालिएको छ । टिंकर सडक निर्माण भइरहेको क्षेत्रको स्थानीय सरकार व्यास गाउँपालिकाले दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरुसंग अपिल गरेको छ । गाउँपालिकाले टिंकर सडक निर्माणलाई गति दिन देशभरीका स्थानीय तहसंग आर्थिक सहयोग मागेको हो । जेठ १५ गते संघीय सरकारले ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर

पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी

काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको

भारतिय एसएसबीको मनपरि : दार्चुलाबाट तिंकर जान लागेका मेयर सहितका ३ जना लाई बाटोमै रोक्याे

धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो। उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। तर अनुमती किन नदिइएको भन्ने कुरा खुलाइएको छैन। दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको

सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित पाँच जना घाइते

बझाङः बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित पाँच जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ। मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

धनगढी ,सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका थिए।