सरकार बनाउन प्रचण्डको दौडधुप, देउवासँगको भेटपछि बाबुरामलाई भेट्दै
काठमाडौँ, सर्वोच्चको फैसलापछि फेरिएको सत्ता समीकरणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि उनी पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका हुन्। मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन्।










