फिचर समाचार

स्थानीय पाठ्यक्रममा शिक्षकको अनुभव (अध्ययन-पत्र)

केन्द्रीकृत पाठ्यक्रमले समावेश गर्न नसकेका विषयवस्तुलाई स्थानीय आवश्यकता पाठ्यक्रममा समावेश गरी निर्माण गरिएको पाठ्यपुस्तक नै स्थानीय पाठ्यक्रम

राप्रपा केन्द्रीय समिति विस्तारप्रति नेता लेखकको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हेमबाबु लेखकले पार्टीको केन्द्रीय समिति बिस्तारबारे आपत्ति जनाएका छन् । महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः एकीकरणका नाममा ७२७ सदस्यीय बनाइएकोमा उनले आपत्ति जनाएका छन् । राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै नेता लेखकले उक्त आपत्ति जनाएका हुन् । मनोनयन पत्र नबुझ्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आपत्ति रहेको आशय

किम जोङ उनले रुँदै जनतासँग मागे माफी

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना नागरिकहरूको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका छन्। गत शनिबार भएको वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवको सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। सोही क्रममा उत्तर कोरियाली जनतासँग माफी मागेका थिए। आँधीबेरीले पुर्‍याएको क्षति र कोरोना भाइरसको महामारी फैलिनबाट रोकेकोमा किमले कार्यक्रममा सहभागी हजारौं सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। किम भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने

कोरोना कालमा सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय छः पूर्वप्रधानमन्त्री भट्टराई

पर्सा , पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थाततालाई जनतासमक्ष पुर्याउँदै सरकारलाई जनहितमा कार्य गर्न बाध्य बनाएको जिकिर गर्नुभयो । पिसिमिया नेटर्वक प्रालिद्वारा वीरगञ्जमा सञ्चालित रहेको रेडियो सान्भी ९६।४ मेघाहर्ज र साझा डेली डडकमको

नबिल बैंकले जारी गर्यो ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना

२७ असोज, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना जारी गरेको छ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकमा खाता खोले पश्चात ग्राहक पहिचान विवरणमा परिवर्तन भई बैंकमा अद्यावधिक गराउन छुटाएका वा २०६९ फाल्गुण २ गते भन्दा अघि खाता खोलेका तर हालसम्म ग्राहक पहिचान विवरण अद्यावधिक नगराएका ग्राहकहरुलाई कार्तिक मसान्तसम्म ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको

ओलीले फेरि पार्टी फुटाउन खोजेको पूर्व माओवादीको ठहर

काठमाडौं । आफ्नौ पार्टीका सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको तरंगा केन्द्र सम्म पुगेको छ । फलस्वरुप सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे । भेटको विषय थियो कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव । अध्यक्ष प्रचण्डले दुवै नेतालाई प्रष्ट भाषामा पार्टी एकता विरोधी गतिविधि फेरि शुरु नगर्न चेतावनी दिए । पछिल्ला समझदारीहरु पालना

अब सबै सिटमा यात्रु चढाउन पाइने, भाडा पनि पुरानै कायम

काठमाडौँ । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर

नेपाली बनेर भारतीयले गरे दुई अर्ब ३९ करोडको राजश्व छली

काठमाडौँ । एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् । उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाइँदै

एजेन्सी । बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिनुभयो । उहाँले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पार्नुभयो ।