सुदूरपश्चिम प्रदेश

वडा नम्बर २ र ३ मा सुपथ मूल्य पसल उद्घाटन : बेसहारा आमाबुवालाई राशन कार्ड वितरण

दार्चुला, बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रमअन्तर्गत शुक्रवार महाकाली नगरपालिका वडा नम्बर २ र ३ मा राशन कार्ड वितरण गरिएको छ । शुक्रवार दुबै वडाका ३७ जनालाई राशन कार्डसहित खाद्यान्न वितरण गरिएको हो । छोराछोरी गुमाएका वा नभएका ६० वर्षमाथिका आमाबुवालाई निःशुल्क खाद्यान्न तथा राशन कार्ड वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमका बीच वडा नम्बर २ र ३ मा कार्यक्रम शुभारम्भ गर्नुभएको हो

बाढी पहिरो प्रभावित क्षेत्र दुहुँको कानुन मन्त्री बडूद्वारा स्थलगत अनुगमन

दार्चुला : कानून, न्याय तथा संसदिय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले बाढी प्रभावित क्षेत्र दुहुँको स्थलगत अवलोकन गर्नुभएको छ । बिहीवार मन्त्री बडूले दुहुँ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका नरोली, बत्थोली, गरमोरा लगायत क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । गत भदौ १३ गते आएको बाढी तथा पहिरोले दुहुँमा ठूलो जनधनको क्षति गरेको थियो । क्षतिकै आधारमा सरकारले गत मंसिर महिनामा दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

धनगढी, भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ । गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी

सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

धनगढी,सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण

माघीमा तीन दिन सार्वजनिक बिदाको माग 

धनगढी, शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् । “बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु

एमाले डोटीको अध्यक्षमा मल्ल

धनगढी । नेकपा एमाले डोटीको आठौं अधिवेशनबाट चक्र मल्ल अध्यक्षमा दोहोरिएका छन् । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्ल यसअघि २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए । सोमबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै अधिवेशनले उपाध्यक्षमा मन्जु मलासीलाई चयन गरेको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख समेत रहेकी मलासी महिला आन्दोलनबाट स्थापित नेतृ हुन् । यसअघि सातौं अधिवेशनबाट

एमाले कैलालीको अध्यक्षमा ४ मत अन्तरले थापा विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानलसहित चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द

के हो मालिकार्जुन दार्चुला सेवा समिति ?

भौगोलिक पहिचान बोकेर स्थापना भएका समाजिक संस्थाहरुलाई लिएर पछिल्लो समय विभिन्न बहस हुन थालेका छन्। कोही यसलाई आवश्यकता ठान्छन् भने कोही यसलाई बढी महत्वाकांक्षी। कोही फेरि केही अलग्गै ठान्लान्। यसभन्दा थोरै पर बसेर यी संस्थाहरुका गतिविधिलाई नियाल्ने हो भने केही संस्थाहरूले समाजिक कामलाई बढी विशेष र फरक तरिकाले गरेको पाइन्छ। विशेष र फरक गरिरहेको गरिरहेका मध्येको एक संस्था हो मालिकार्जुन दार्चुला सेवा समिति। जसले पछिल्लो ३ वर्षदेखि हरेक रक्तदान कार्यक्रम

कांग्रेस महाधिवेशन : बैतडीबाट २६ प्रतिनिधि निर्वाचित

बैतडी ।  नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उहाँका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार खुलातर्फ दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७), नरेन्द्रसिंह थापा (५२१), केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र

गरिमा विकास बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रम गरी मनायो १५ औँ वार्षिकोत्सव

धनगढी । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय धनगढीले १५ औँ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान, जीवनदान भन्ने नारासहित बैंकले मंगलबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालमा हुने रगत अभावलाई मध्येनजर गर्दै बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पोइन्ट रगत संकलन भएको बैँकका शाखा प्रमुख यादव प्रसाद पन्त जानकारी दिए । सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए । आफ्नो १५ औँ