प्रदेश १

सवारी दुर्घटनामा मृत्यु

झापा, झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । दुर्घटनामा सोही

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

बिरामी नफर्काउन निर्देशन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उहाँले निर्देशन दिनुभएको हो । मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफलपछि उपचारमा आउने बिरामीको राम्रो उपचार गर्न र आएका बिरामीलाई नफर्काउन निर्देशन