सन नेपाल लाइफको नवौँ वार्षिकोत्सव : सुदूरपश्चिममा १०० बढी बीमा जागरण कार्यक्रमदेखि रक्तदानसम्म
धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न बीमा जागरण, सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेशअन्तर्गतका १६ वटा कार्यालयले प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन गरेका छन्। कम्पनीका अनुसार वार्षिकोत्सवको अवसर पारेर सुदूरपश्चिमका १६ वटा कार्यालयबाट करिब १०० वटा बीमा जागरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, होटलका कर्मचारी, सहकारी तथा









