पाँच अन्तरराष्ट्रिय उडानः फर्किए ३४८ नेपाली
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज केही बेरअघि मात्र काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो ।