जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा हामी विश्वास गर्छौँ -डा. महत
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन्। जनतामा जाने कुरालाई नकार्न नमिल्ने बताउँदै निर्वाचनलाई कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ। डा महतले भने, ‘ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा नेपाली कांग्रेस विश्वास गर्छ। जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ