राजनीति

सरकार बनाउन प्रचण्डको दौडधुप, देउवासँगको भेटपछि बाबुरामलाई भेट्दै

काठमाडौँ, सर्वोच्चको फैसलापछि फेरिएको सत्ता समीकरणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि उनी पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका हुन्। मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन्।

एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

काठमाडौँ, निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठक भोलि ११ बजे बस्ने गरी सकिएको हो। बैठकमा नेकपा (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निष्कर्श निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको

साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मंगलबार साँझ ४ बजेका लागि सरकारले मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ । । सर्वोच्च अदालतले नेकपा नाममाथिको विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गर्दा पूर्व एमाले र माओवादी केन्द्र ब्यूँतिएपश्चात पहिलोपटक सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको हो।

प्रचण्डमाथि विप्लवको प्रश्न : लडाकु शिविरको १९ अर्ब खोई ?

काठमाडौँ, केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौं रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन्। उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन्। प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा

पार्टी एकताको प्रयास जारी रहने : नेपाल

काठमाडौं, दाहाल–नेपाल समूहका नेता माधव कुमार नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग भएपनि आफूहरुबीचको सहकार्य जारी रहने बताएका छन्। पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले अलग भएपनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका हुन्। नेपालले भने,‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भएपनि हाम्रो मन विशाल छ। अनौपचारिक छलफल भइराख्छ। सहकार्य जारी रहन्छ।’ उनले सर्वोच्चको फैसला अनुसार जानै पर्ने भएको बताउँदै पार्टी एकताको

धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय रहने

काठमाडौँ, सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको

भीम रावलको प्रश्न : प्रधानमन्त्रीको पार्टी कुन हो ?

काठमाडौं । सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् । संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो । संसदको आइतबार बसेको प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरे । सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार

माधव नेपालको जन्मदिनमा सर्वोच्चको धक्का

काठमाडौं। आइतबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिनमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा हुने गरी फैसला सुनाएको छ। योसँगै नेपालको राजनीतिक जीवनमा ठूलो धक्का लाग्न पुगेको छ। अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज हुन पुगेको छ। जसले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)