रिमा विश्वकर्मा भन्छिन् , सिंगल हुँदैमा मरिँदैन वरू छुट्टै मज्जा छ
काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले सिंगल हुदैमा आफु नमरिने अभिव्यक्त्ति दिएकी छिन् । इन्टाग्राममा एक प्रशंशकले उनको बिहे कहिले भनेर सोधेको प्रश्नको उत्तर दिदै उक्त्त कुरा बताएकी हुन् । उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ । अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् ।










