खुसीको पोको’ले ल्याएको मुस्कान, तस्बिरहरु हेर्नुहाेस्
सीतापाइला प्राविधिक विद्यालयको एउटा हल । ससाना विद्यार्थीहरू विभिन्न भेषभूषामा सजिएर, हातमा बेलुन लिएर बसेका थिए । उद्घोषकले बिस्तारै सबैको नाम बोलाउँदै स्टेजमा बोलाउँथे अनि प्रमुख अतिथिहरूले हरेक विद्यार्थीको हातमा एउटा हरियो झोला थमाउँथे । अनि छेवैमा राखिएको कार्टुनबाट मुठ्ठी भर चकलेट पाउँदा विद्यार्थीहरूको खुसीको सीमा नै थिएन । उनीहरू सकिनसकि आधा दर्जन कपी, १ दर्जन सीसा कलम, दाँत माझ्ने ब्रस, दन्तमन्झन, तौलिया र साबुन भएको झोला बोकेर निस्किरहेका थिए










