अर्थतन्त्र

नझुक्किनुस्, काठमाडौँमा जोरबिजोर कायमै छ

काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्। काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ, प्रशासनले

सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी सेवा विस्तार

महेन्द्रनगर । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन

तीन कम्पनीले आइपिओ निष्काशन हुदै, कसको कति ?

३० भदौ, काठमाडौँ । सर्वसाधारणकका लागि प्राथामिक शेयर ९आइपिओ ० निष्काशन गर्नका लागी ३ वटा लघुवित्त कम्पनी थपिने भएका छन् । थपिने लघुवित्तहरूमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ )निष्कासन गर्न लागेको हो ।

प्याजमा कालोबजारी: भाउ बढेपछि प्याज बोकेर आएका ट्रक नै हराए

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएकै भोलिपल्ट नेपाली बजारमा प्रतिकेजी प्याजको मूल्य अघिल्लो दिनभन्दा थोकमै ४० रुपियाँसम्म बढेको छ । खुद्रा बजारमा त प्याजको अभाव नै हुन थालेको छ । खुद्रा व्यापारीले सोमबार प्रतिकेजी ६५ रुपियाँमा बिक्री गरेको प्याज मङ्गलबार १२० देखि १५० रुपियाँसम्म बिक्री गरेका छन् । भित्रिन छाडे गाडी सोमबार मात्रै

छानो फेर्न एक अर्ब ३६ करोड

सुरुङ्गा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने

लामो दूरीका यातायात चलाउन यी नियम मान्नै पर्ने

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएको सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । सोमवार बसको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै छोटो तथा लामो दुरीको यातायात र आन्तरिक हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा असोज १ गते देखि संचालन हुने बस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने परराष्ट्रमन्त्री

जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो ?

काठमाडौँ । नेपाली जीवन बीमा क्षेत्रमा सर्वाधिक चर्चा हुने अथवा सुनिने शब्द हो ‘एक्चुरी’ । एक्चुरीले मुख्यतया जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्दछन् । यसरी, समयमा जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन ९एक्चुरियल भ्यालुएसन० विगतका धेरै वर्षदेखि हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन । यो जीवन बीमा कम्पनीको एक्चुरियल भ्यालुएसन रिपोर्ट बीमा समितिले नै अस्वीकृत गर्यो वा पुनः

भारतले निर्यात राेकेपछि नेपालमा बढ्याे प्याजकाे मूल्य

काठमाडौं । मंगलबार प्याजको मूल्य ह्वात्तै बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमा प्रतिकेजी २५ रुपैयाँले बढेको हो। सोमबार थोक बजारमा प्रतिकेजी औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी २५ रुपैयाँले बढेको छ। मंगलबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी २५ रुपैयाँले बढेर औसतमा ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ केहीदिनदेखि निरन्तर रुपमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको प्याजको मूल्य मंगलबार एक्कासी २५ रुपैयाँले बढेको हो।

लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन हुने, ५० प्रतिशत भाडा बढ्यो

काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न

सानिमा लाईफको सिईओ बन्दै अगम मुखिया, सिफारिसको लागि बीमा 

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पसमितिमानीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ । सो कम्पनीको तीन दिनअघि बसेको सञ्चालक समितिले अगम मुखियालाई सिईओमा नियुक्त गर्ने निर्णय गरी आज बीमा समिति समक्ष अनुमोदनको लागि पेश गरेको हो । मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ पदमा कार्यरत छन् । यद्यपि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबाट मुखियाको राजिनामा स्वीकृत हुन बाँकी छ । मुखिया लामो समय बीमा क्षेत्रमा काम