अर्थतन्त्र

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि

बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१)र (२)मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार गरी

स्वास्थ्य र पशु बीमामा शतप्रतिशत अनुदान

भक्तपुर, चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो । नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्‍याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी

निगमले आइओसीलाई पठायो १३ अर्ब

काठमाडौँ, सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं, सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ । कम्पनीले आव २०७६।०७७ को वित्तिय विवरणको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । नियामक निकाय बीमा समितिले यही पुस ३० गते उक्त बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीको सन लाइफ सावधिक जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ ।

रिलायन्स लाइफको सिईओ बने राकेश पोखरेल, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका छन् । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओ बनेका हुन् । ‘पोखरेललाई सिईओ बनाउने निर्णय पास भैसकेको छ, आज भोलीमै पत्र दिन्छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले युगदर्पणलाइ भने । पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ ।

नेशनल लाइफद्वारा पुरानै बोनस दर कायम

काठमाडौँ – नेपालकै अग्रेणी बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पुरोनै बोनसदर लाई कायम गर्न सफल भएको छ । अन्य कम्पनीको बोनस दर घटबढ भइरहेको बेला नेशनल लाइफ इन्स्योरेन्सले भने पोहोर सालकै बोनस दरलाई निरन्तरता दिन सफल भएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति भाँडियो

काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव शुक्रबार हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भयो । बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । ‘विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो, सञ्चयकोषसहितका ठूला लगानीकर्ता विपक्षमा देखिँदा प्रस्ताव पारित हुन सकेन’ उनले भने ।

कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो । समितिले कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहकहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ। त्यस्तै, कार्यालयमा उपस्थित