नेपाल लाइफ को न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण 


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

नेपाल लाइफको संचालक समितिले बीमितलाई महत्व नै नदिएको कारण पनि बीमितले पाउने बोनसदर नबढेको हो। नियमानुसार वर्ष भरिको कमाइको ९० प्रतिशत बीमित र १० प्रतिशत शेयरधनिहरुलाई छुट्याईएको हुन्छ। यसमा बोनसदर निर्धारण गर्दा बीमा कोषमा शेयरधनिको कोषबाट समायोजन गर्न सकेको भए पछि सम्म बीमितले पाउने बोनसदर स्थिर हुने थियो तर नेपाल लाइफमा संचालकले आफ्नो मात्र फाइदा हेर्दा बोनसदर स्थिर राख्न नसकेको जानकारहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *