शैल्यशिखरका मेयर-उपमेयरले लिए नियमविपरीत ४ लाख ८० हजार आवास खर्च


धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले नियम विपरीत आवास खर्च लिएको खुलेको छ ।

महालेखा परीक्षकको कार्याललले जारी गरेको आव २०८१-८२ को प्रतिवेदनअनुसार नगरप्रमुख र उपप्रमुखको आवासका लागि भन्दै ४ लाख ८० हजार रुपैयाँ अनियमित रुपमा खर्च भएको भेटिएको हो ।

महालेखाले प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीलाई सुविधा सम्बन्धी ऐन २०७५ मा नगरप्रमुख र उपप्रमुखलाई आवास सुविधा उपलब्ध गराउने प्रावधान नभएको उल्लेख गर्दै उनीहरुलाई उक्त सुविधा दिनु गैरकानुनी रहेको बताएको छ । 

सम्बन्धित कानुनमा उल्लेख नभएको सुविधा उपलब्ध गराएको पाइएकाले उक्त रकम अनियमित देखिएको लेखा परीक्षण परीक्षण प्रतिवेदनकाे निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *