जान्नुहोस लसुन खानुका पाँच फाइदा र बेफाइदा यस्ताछन्


काठमाडौँ, लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेषरुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसले तपाईंलाई विभिन्न स्वास्थ्य लाभ प्रदान गर्छ जस्तै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नु । लसुनलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ । यसका विभिन्न फाइदा भएपनि योसँगै बेफाइदा पनि जोडिएका छन् । आज हामी तपाईंलाई लसुन खाने र नखाने कारणबारे जानकारी दिँदै छौं ।

लसुन खानुका पाँच ठूला फाइदाः

१.  प्रतिरोधी क्षमतालाई चुस्त राख्छः

लसुनमा प्रोटिन हुन्छ जसले विभिन्न स्वास्थ्य समस्यासँग जुध्ने एन्टीबडी बनाउन सहयोग गर्दछ । यसलाई रुघा–खोकी र यहाँसम्म कि अत्यधिक गम्भीर रोग लाग्ने जोखिम पनि कम गर्ने गर्दछ । यसका साथै, जो व्यक्तिको रगत गाढा हुन्छ, उनीहरुका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ । यसले शरिरमा रक्त प्रवाहलाई सहज बनाउने काम गर्छ । यसले रगतलाई पातलो बनाउँछ जसले तपाईं सम्भावित रोगबाट बचाउने गर्दछ ।

२. हृदय रोगबाट बचाउँछः

लसुनले तपाईंको शरिरमा ब्याड कोलेस्ट्रोलको स्तर कम गर्दछ । यसकारण तपाईंको मुटु सधैं स्वस्थ रहन्छ । यसले शरिरमा गुड कोलेस्ट्रोल बढाउन सहयोग गर्दछ । उच्च रक्तचापलाई कम गर्न पनि लसुन निकै फाइदाजनक हुन्छ । यसमा पाइने एलिसिन नामक तत्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।

३. क्यान्सरलाई नष्ट गर्छः

लसुनको सबैभन्दा ठूलो फाइदा यसले रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्दछ । केही जानकारका अनुसार लसुनमा क्यान्सरजस्तो गम्भीर रोगसँग लड्ने क्षमता पनि हुन्छ । प्यानक्रियाज, कोलोक्टोरोल, स्तन र प्रोस्टेट क्यान्सरका रोगीलाई काँचो लसुनको सेवन गर्न डाक्टरले सल्लाह दिन्छन् ।

४. दाँत दुखाईमा राहतः

लसुनले दाँत दुखाईमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाङ्गसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत प्रदान गर्छ ।

५. गर्भावस्थामा पनि फाइदाजनकः

गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशुको स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । यसले गर्भभित्र शिशुको तौल बढाउन पनि सहयोग गर्दछ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले ९ महिनासम्मै लसुनलाई कुनै न कुनै रुपमा सेवन गर्नैपर्छ । यसले रक्तचापलाई नियन्त्रण गरेर शिशुलाई हानी हुनबाट जोगाउँछ । यसले गर्भको शिशुको तौल बढाएर समय पूर्वको प्रसवको खतरालाई कम गर्छ ।

लसुन खानुका बेफाइदाः

१. तौल बढ्न सक्छः

यदि तपाईं आफ्नो खानामा लसुनको बढी प्रयोग गर्नुहुन्छ भने यसको अर्थ तपाईंले आफ्नो शरिरमा थप क्यालोरी जोडिरहनु भएको छ । यसले तौल बढ्ने सम्भावना अत्यधिक हुन्छ ।

२. लामो समयसम्म रगत बग्नुः

लसुनले तपाईंको रक्त नलीलाई फैलाउने काम गर्नसक्छ । अर्थात्, घाउ लाग्दा वा शल्यक्रिया गर्दा तपाईंको रगत अरुको भन्दा धेरै बग्छ । त्यसकारण घाउ ठिक नभएसम्म लसुन खानबाट बच्नुहोस् ।

३. सास गन्हाउँछः

लसुनलाई चमत्कारिक जडीबुटीको रुपमा मानिन्छ तर यसको अत्यधिक सेवन तपाईंको सासमा दुर्गन्ध फैलाउन सक्छ । यहाँसम्म कि यसको सानो टुक्राले पनि तेज गन्ध निम्त्याउन सक्छ ।

४. ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकः

लसुनले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकमा जलन पैदा गर्नसक्छ । त्यसकारण यदि तपाईंलाई पाचन सम्बन्धि समस्या छ भने लसुनको प्रयोगमा सावधानी अपनाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *