नवरात्रीमा बिर्सिएर पनि नगर्नुहोस् यी ८ काम


यस वर्षको नवरात्री गत शनिबारबाट सुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्छ । आउनुहोस्, नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे जानकारी लिऔं ।

१। नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । नवरात्रका बेला आफ्नो खानामा प्याज, लसुन र माछा–माछु समावेश नगर्नुहोस् ।

२। नवरात्रिको ब्रत राख्दा खानामा सिरे नुनको प्रयोग गर्नुपर्छ ।

३। ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउन वर्जित छ । यतिबेला सिलाई कटाईको काम गर्न पनि मनाहि छ जसमा तिखो वस्तुको प्रयोग हुन्छ ।

४। सम्भव छ भने नवरात्रका बेला ब्रत राख्दा मानिसहरुले बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्यागजस्ता छालाका वस्तुको प्रयोग गर्नु हुँदैन । मन्दिर प्रवेश गर्दा पनि पहिला यी सबै कुरा बाहिर राखेर जानुपर्छ ।

५। यदि तपाईं नवरात्रिमा कलश स्थापना गरिरहनुभएको छ, अखण्ड बत्ति बालिरहनुभएको छ भने यतिबेला घर खाली नछोड्नुहोस् । पूजा कोठालाई फोहोर नपार्नुहोस् । बत्ती नबाली कहिले पनि कुनै पनि शक्तिको पूजा हुन सक्दैन ।

६। नवरात्रका बेला मांसाहार, मदिराजन्य वस्तुबाट टाढा रहनुपर्छ । ब्रतमा शारीरिक र मानसिक दुबै प्रकारको संयम आवश्यकता छ ।

७। विष्णु पुराणका अनुसार नवरात्रिको समयमा दिउँसो सुत्नबाट बच्नुपर्छ । मनमा कपट राख्न वा कुनै पनि अपशब्द भन्नबाट पनि जोगिनुपर्छ ।

८।नवरात्रिका बेला नङ काट्न पनि मनाहि छ त्यसैले नवरात्र सुरु हुनु अघि नै नङ काट्नुपर्छ । नवरात्रिमा ९ दिन ब्रत राख्नेहरुले दाह्री–जुङ्गा र कपाल काट्नुहुँदैन ।

रातोपाटी डट कमबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *