४४ नं.गण दार्चुलाका ४० जना सशस्त्र प्रहरी कोरोना मुक्त


दार्चुला,  सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका ४० जना सशस्त्र प्रहरीले एकैपटक कोरोना जितेका छन् । उनीहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिए ।

असोज २० गते डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४१ मध्ये ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको उहाले बताए । एक जना भने जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत छन् । पछिल्लो पटक ४४ नम्बर गणका एसपी सहित १७ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *