राप्रपा केन्द्रीय समिति विस्तारप्रति नेता लेखकको आपत्ति


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हेमबाबु लेखकले पार्टीको केन्द्रीय समिति बिस्तारबारे आपत्ति जनाएका छन् ।

महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः एकीकरणका नाममा ७२७ सदस्यीय बनाइएकोमा उनले आपत्ति जनाएका छन् । राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै नेता लेखकले उक्त आपत्ति जनाएका हुन् । मनोनयन पत्र नबुझ्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आपत्ति रहेको आशय उल्लेख गरेका छन् ।

उनले आफ्नो फेसबुकमा राप्रपाको केन्द्रीय समिति बढीमा ४५ सदस्यीय हुनुपर्ने र त्यसैमध्येबाट ११ सदस्यीय सचिवालय पर्याप्त हुने सुझाव समेत उल्लेख गर्दै नेता लेखकले काठमाडौँ सीमित नेताको चाकरी, चाप्लुसी गर्ने, गाउँमा संगठन नबनाउने, भएका कार्यकर्ता पलायन हुने, समर्थक र शुभचिन्तक घट्दै गइरहेको तर्फ गम्भीर नभएको तर जम्बो केन्द्रीय समिति बनाएर जग हँसाएको टिप्पणी गरेका छन् ।

एकीकरणअघि राप्रपा केन्द्रीय सदस्य र सुदूरपश्चिम प्रवक्ता रहेका नेता लेखक पार्टीभित्र सुदूरपश्चिमबाट अध्यक्ष कमल थापाका निकटतम विश्वासपात्र मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *