नेपाली मुलका झा संगविवाह गर्दै नेहा कक्कड, को हुन् त ती युवा ?


काठमाडौँ । बलिउडकी चर्चित र सुरिलो स्वरकी धनी मानिने गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधीने भएकी छिन् ।

हालसालै उनको विवाहको बारेमा बलिउडमा एकदमै चर्चा भइरहेको छ । अहिलेको समयमा एकदमै व्यस्त मानिने गायिका नेहाको विवाह चर्चित गायक उदित नारायण झाका छोरा गायक तथा अभिनेता आदित्य नारायण झासँग हुने भएको छ । उनीहरुको विवाह बलिउडको एक रियालिटी शो ‘ ईन्डियन आइडल’ को सेटमा तय भएको हो । उक्त शोको एक एपिसोडको क्रममा दुबैका आमा बुबा पुगेका थिए र त्यहि मौकामा उनीहरुको विवाहको पुष्टि गरेका हुन् ।

नेहाको एक भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ, जसमा उनका बुवा, आमाले आदित्यसँग उनको विवाहको निर्णय गरिरहेको देखिन्छ । उक्त भिडिओमा आउँदो ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर उनीहरुको विवाह गर्ने बताइएको छ ।

गायिका कक्कडले बलिउडमा आफ्ना थुप्रै हिट गीतहरु दिइरहेकी छिन् । उनले गायका गीतहरु मध्य ‘काला चस्मा, कोकाकोला, आँख मारे, दिल्बर–दिल्बर’ लगायतका थुप्रै गीतहरु सुपरहिट भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *