भक्तपुर घटना श्रीमती र छोरा हत्यापछि श्रीमानले गरे आत्महत्या


काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका तीन जनाको श’व भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार श्रीमती र छोराको ह’त्यापछि श्रिमानले आत्मह’त्या गरेको हुनसक्ने देखिएको छ । दुई जनाको सुतेकै अवस्थामा धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरेर सुदिपले वि’ष से’वन गरी आत्मह’त्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली घ ‘टनास्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको श’व भेटिएको थियो । स्रोतका अनुसार घरमा रहेको दाउ जस्तो धा’रिलो ह’तियार प्रयोग गरेर आमा–छोराको ह’त्या भएको हुनसक्ने देखिएको छ ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि घ’टनास्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृ’त्यु केही दिन पहिले नै भएको पाइएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको श’व सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको ह’त्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे य’किन विवरण पो’ष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *