कैलालीमा निषेधाज्ञा लम्ब्याइयो, बैकं,बिमा र सहकारी बिहान ११ बजे देखी दिउसो २ बजे सम्म खोल्न पाउने


धनगढी– कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्।
बैक,बिमा र सहकारी हरुको हकमा भने बिहान ११ बजे देखी दिउसो २ बजेसम्म मात्र कार्यालय संचालन गर्नपाउने ब्यबस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने छ।

व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *