सूर्यज्योति लाइफको ऐतिहासिक सफलता: शतप्रतिशत लक्ष्य हासिल, प्रथम बीमा शुल्क रु ४अर्ब माथि


सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक लक्ष्य शतप्रतिशत हासिल गर्दै प्रथम बीमा शुल्क (First Premium) संकलनमा नयाँ कीर्तिमान कायम गरेको छ।

कम्पनीले एउटै आर्थिक वर्षभित्र पहिलो पटक नयाँ बीमालेख बिक्रीबाट रु. ४ अर्ब ६१ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ। यो उपलब्धिसँगै कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा समीक्षा वर्षमा प्रथम बीमा शुल्कमा ३० प्रतिशत वृद्धि भएको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले रु. ९ अर्बभन्दा बढी नवीकरण (Renewal) बीमा शुल्क संकलन गरेको छ।

प्रथम र नवीकरण बीमा शुल्क गरी कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा रु. १३ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्दै आफ्नो वार्षिक व्यवसायिक लक्ष्य शतप्रतिशत पूरा गरेको जनाएको छ।

यस ऐतिहासिक सफलताप्रति कम्पनीले सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। साथै कम्पनीले यो सफलता अनुशासित कर्मचारी, मेहनती अभिकर्ता, सक्षम नेतृत्व र प्रभावकारी व्यवस्थापन टोलीको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरेको छ।

कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट सेवासहित बीमा क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउँदै अझ उच्च उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *