धनगढी ,डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११, रडुवा खोला नजिक केआईसिंह राजमार्गमा दुर्घटनामा परेको हो।
डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भई डोटीमा निर्वाचन अधिकृतका रूपमा कार्यरत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालिका घर भई नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा तथा डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन्।
घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
Previous Post: रेशम चौधरीको उम्मेदवारी रद्द

