समाचार

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

धनगढी,नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन् ।प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।उनकाअनुसार कुनै जानकारी नदिएर देउवा सभामा उपस्थिति नभएका कारण सभामुखले उनलाई संविधानको धारा १८० को(घ) अनुसार पदमुक्त गरेका हुन् ।देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं , पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो । सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक

सन नेपाल लाइफद्वारा सुदूरपश्चिमका ७३ एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्स सम्मानित

धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान गरेको छ। धनगढीस्थित पौवा होटलमा आयोजित विशेष सम्मान तथा उत्प्रेरणात्मक कार्यक्रममा ७३ जना एडीएम तथा सन इमर्जिङ क्लबका एचिभर्स अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको हो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशिष्ट आतिथ्यता

अनुसन्धानमा कैफियत नदेखिएपछि सन नेपाल लाइफका सिइओ अर्याल नियमित काममा फर्किए

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल अनुसन्धानका क्रममा कुनै कैफियत नदेखिएपछि शुक्रबारदेखि पुनः नियमित जिम्मेवारीमा फर्किएका छन्। गत चैत १६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले कर्मचारीको आईपीओ कोटाअन्तर्गत बाँडफाँड गरिएको सेयरमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अर्यालमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा कुनै कैफियत नदेखिएपछि सिआईबीले उनलाई सफाइ दिएको कम्पनीले जनाएको छ। अर्याललाई चैत २२ गते नै रिहा

जय नेपाल पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं, साउन २८ गते निर्वाचन आयोग जाने

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर र मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी खोल्ने भएका छन्। राणा र प्रसाईं सहितले साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका हुन्। साथै सोही दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ। नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए। सोही समितिको आज बसेको बैठकले जय नेपाल पार्टी खोल्ने निर्णय गरेको नेता नेता सगुनसुन्दर लावतीले

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडाैँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिइएकाे छ। साेमबार जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो। गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति गरेका हुन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र  कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्। मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ। सहमतिमा

अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु

धनगढी, धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो । केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा

दार्चुलाबाट डा. गोविन्द केसीको २४औँ सत्याग्रह घोषणा

दार्चुला,  वरिष्ठ चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि २४औँ सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्। दार्चुलाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले पटक–पटक भएका सहमति र आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको तथा बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। यद्यपि, अनशन बस्ने स्थान भने सार्वजनिक गरिएको छैन। डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयन, चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई गैरनाफामूलक बनाउने व्यवस्था लागू गर्न,

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै नेपाल फर्कने, जारी गरे विज्ञप्ति

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउनभित्रै स्वदेश फर्कने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्री देउवा यही महिनाभित्र स्वदेश फर्कने तयारीमा छन्। देउवा उपचारको सिलसिलामा हङकङमा छन्। ‘उहाँहरू यही महिनाभित्र स्वदेश फर्कनुहुन्छ,’ भानुले भने, ‘कति गते स्वदेश फर्कने भन्ने तय भइसकेको छैन।’ साथै पूर्वप्रधानमन्त्री देउवाले आज प्रेस विज्ञप्ति पनि जारी गरेका छन्। बिपी कोइरालाको स्मृति दिवसको अवसरमा देउवाले विज्ञप्ति जारी गरेका हुन्। पूर्वप्रधानमन्त्री देउवाले