युग दर्पण

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति गरेका हुन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र  कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्। मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ। सहमतिमा

अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु

धनगढी, धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो । केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा

दार्चुलाबाट डा. गोविन्द केसीको २४औँ सत्याग्रह घोषणा

दार्चुला,  वरिष्ठ चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि २४औँ सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्। दार्चुलाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले पटक–पटक भएका सहमति र आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको तथा बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। यद्यपि, अनशन बस्ने स्थान भने सार्वजनिक गरिएको छैन। डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयन, चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई गैरनाफामूलक बनाउने व्यवस्था लागू गर्न,

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै नेपाल फर्कने, जारी गरे विज्ञप्ति

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउनभित्रै स्वदेश फर्कने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्री देउवा यही महिनाभित्र स्वदेश फर्कने तयारीमा छन्। देउवा उपचारको सिलसिलामा हङकङमा छन्। ‘उहाँहरू यही महिनाभित्र स्वदेश फर्कनुहुन्छ,’ भानुले भने, ‘कति गते स्वदेश फर्कने भन्ने तय भइसकेको छैन।’ साथै पूर्वप्रधानमन्त्री देउवाले आज प्रेस विज्ञप्ति पनि जारी गरेका छन्। बिपी कोइरालाको स्मृति दिवसको अवसरमा देउवाले विज्ञप्ति जारी गरेका हुन्। पूर्वप्रधानमन्त्री देउवाले

सूर्यज्योति लाइफको ऐतिहासिक सफलता: शतप्रतिशत लक्ष्य हासिल, प्रथम बीमा शुल्क रु ४अर्ब माथि

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक लक्ष्य शतप्रतिशत हासिल गर्दै प्रथम बीमा शुल्क (First Premium) संकलनमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले एउटै आर्थिक वर्षभित्र पहिलो पटक नयाँ बीमालेख बिक्रीबाट रु. ४ अर्ब ६१ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ। यो उपलब्धिसँगै कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा समीक्षा

मुख्यमन्त्री शाहको एमालेलाई अल्टिमेटम  ‘प्रस्ताव फिर्ता लिनुस्, नभए सरकार छाड्नुस्’

धनगढी , सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३र८४ का लागि ल्याएको बजेट अनिश्चिततातर्फ धकेलिएको छ । सरकारमै रहेको दल नेकपा एमालेले शुक्रबार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि बजेट अन्योलमा परेको हो । एमालेले आफैँ सम्मिलित सरकार तथा मन्त्रीहरूले ल्याएको भए पनि उक्त बजेट अस्वीकार गर्दै पुनर्लेखन हुनुपर्ने अडान राख्दै खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । नेकपा एमालेका सांसदहरूले बजेटमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री कमलबहादुर शाहले

कर्णाली नदीमा युवतीको शव फेला

सुर्खेतस्थित कर्णाली नदीमा बुधबार एक जना युवतीको शव फेला परेको छ। दिउँसो ४ बजेतिर जिल्लाको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा अन्दाजी १८ वर्षीया युवतीको शव फेला परेको हो। जिल्लाका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार मुचुल्का तयारी गरी शव उठाएर जिल्ला अस्पताल कालाखेततर्फ लैजाने क्रम जारी छ। शवको सनाखत भइसकेको छैन। असार १८ गते दैलेखको पाल्तडा दुर्घटनासँग सम्बन्धित रहे वा नरहेकोबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक यादवले बताए। दैलेख

सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा

काठमाडौँ ,नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकको ‘लाइफ’ (जीवन) भन्दा सामाजिक सञ्जालको ‘लाइक’ मा बढी केन्द्रित भएको आरोप लगाएका छन्। सोमबार सरकारको १०० दिनको समीक्षा गर्दै थापाले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई बेवास्ता गरी लोकप्रियताको पछि मात्र कुदेको बताए । सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै थापाले भने, ‘अहिलेको सरकारलाई नागरिकको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने भन्दा पनि सामाजिक सञ्जालमा कति ‘लाइक’ आउँछ भन्ने कुराले बढी अर्थ राख्न थालेको छ।

धनगढीका रावल गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

धनगढी, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको जानकारी दिए। उनका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई महाप्रबन्धक नियुक्त गरिएको हो। यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्येबाट १० जनाको नामावली सार्वजनिक गरेको थियो। सोही सूचीबाट छनोट

एमाले नेता एवम् पूर्वसांसद कोइरी पक्राउ

नेकपा (एमाले)का नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो । महोत्तरीको गौशाला–२ का कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे। यसअघि महोत्तरी जिल्ला अदालतले