सूर्या लाइफले गर्याे आफ्ना सबै कर्मचारीको काेरोना बीमा


काठमाडौँ । सूर्या लाइफ ईन्स्याेरेन्स कम्पनीले अाफ्ना सम्पूर्ण कर्मचारीहरूकाे काेरोना बीमा गरेको छ ।

कोरोना महामारीका कारण जनमानसमा फैलिँदै गएकाे त्रासबाट मुक्त भई महामारीको याे समयमा पनि कम्पनीकाे कार्य कुशलतापूर्ण तरिकाले सुचारू राख्न एवं निर्धक्क भई कार्यसम्पादन गर्नका लागि काेरना बीमा गरिएकाे सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताउनु भयो ।

“कोरोना संकटको बेला कर्मचारीहरूकाे मनाेबल उच्च राखी केही मात्रामा भएपनि काेरना भाइरसकाे त्रास कम गर्न सकिने कर्मचारीहरूको जीवन बीमा गर्ने योजना अघि सारेका हौँ”, उहाँले भन्नुभयो ।

त्यस्तै उहाँले याे विषम परिस्थितिमा पनि कामलाई निरन्तरता दिन सूर्या लाईफ सफल भएकाे र हाल कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरू समेत पूर्ववत् रूपमा खुला रहेकाे समेत जानकारी दिनुभएको छ ।

सूर्या लाइफसँग आबद्ध सबै कर्मचारीको १ लाख रुपैयाँको बीमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *