भारत-चीनबीच हिंस्रक भिडन्त, २० भारतीय सैनिकको मृत्यु


काठमाडौँ । भारत र चीनबीचको बढ्दो तनाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिंस्रक भीडन्त हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको छ ।

यसअघि भारतका एक सैन्य अधिकृत र दुई जवानको मृत्यु भएको समाचार आएको थियो । तर न्यूज एजेन्सी एएनआईका अनुसार घटनामा २० जना भारतीय सैनिकको ज्यान गएको बताईएको छ । यो संख्या अझै बढ्न सक्ने पनि बताइएको छ ।

सन् १९७५ पछि पहिलोपटक भारत चीनबीच सीमामा गोलाबारी भएको हो । दुवैतिरका सैन्य अधिकारीहरू तनाब कम गर्न बैठक बसिरहेको र सेनालाई पछि हटाउन कोसिस भइरहेकै बेला तनाव सिर्जना भएको हो ।

६ जुनमा दुवैतिरका कमाण्डरको बैठकले सेनालाई आ-आफ्नो क्षेत्रतिर फर्काउने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *